‘जस्तालाई त्यस्तै’ गर्दै क्यानडा र चीनले अमेरिकामाथि लगाए अतिरिक्त महसुल

ओट्टावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा लगाएको अतिरिक्त महसुल लागू भएको छ । मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लाग्नेछ, भने चीनबाट आउने सामानमा पनि नयाँ १० प्रतिशत कर शुरु भएको छ ।
अमेरिकी कदमको प्रतिकारमा क्यानडाले अमेरिकाबाट आउने १ खर्ब ५५ अर्ब मूल्य बराबरको सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको छ ।
उता, चीनले पनि अमेरिकाबाट आउने केही कृषिजन्य उत्पादनमा १० देखि १५ प्रतिशतको अतिरिक्त कर लगाउने बताएको छ । चीनले उड्डयन, रक्षा र प्रविधि क्षेत्रमा रहेका कयौँ अमेरिकी कम्पनीलाई निशाना बनाउँदै यिनीहरूलाई विश्वास गर्न नसकिने कम्पनीको सूचिमा हाली यिनीहरूमाथि निर्यात प्रतिबन्ध लगाएको छ ।
मेक्सिकोले पनि आजै अबेरसम्म अतिरिक्त महसुलको प्रतिकारमा महसुल घोषणा गर्ने अपेक्षा गरिएको छ । त्यहाँकी राष्ट्रपति क्लाउडिया शिनबमले सोमबार नै आफ्नो देशले आकस्मिक योजना बनाइसकेको भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने