मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकपछि अर्को रेकर्ड तोड्दैछ विक्कीको ‘छावा’

मङ्गलबार, २० फागुन २०८१, १२ : ४९
मङ्गलबार, २० फागुन २०८१

नयाँ दिल्ली । बलिउड निर्देशक लक्ष्मण उतेकरको निर्देशनमा बनेको फिल्म छावा लगातार तेस्रो हप्ता पनि बक्स अफिसमा झन्डा गाडेर बसेको छ । विक्की कौशल र रश्मिका मन्डानाको मुख्य अभिनय रहेको यस फिल्मले सोमबार दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘पुष्पा २’ को रेकर्ड पनि तोडेको छ । 

छावाले सोमबार बक्स अफिसमा ८ करोड ५० लाख भारु कमाएको छ । आइतबारको तुलनामा फिल्मको व्यापार निकै कम भएपछि कुल कलेक्सनको हिसाबले फिल्म शीर्ष स्थानमा छ । छावाले आइतबार २४ करोड २५ लाख भारुको व्यापार गरेको थियो ।

 योसँगै फिल्म रिलिज भएको तेस्रो आइतबार सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । आइतबार यसले शाहरुख खानको जवान र पठानसमेत १० वटा फिल्मको रेकर्ड तोडेको थियो । 

फिल्मले अहिलेसम्म भारतीय बक्स अफिसमा ४ अर्ब ६७ करोड २५ लाख भारु कमाएको छ । तेस्रो हप्ताको कमाइको मामिलामा फिल्मले पुष्पा २ को हिन्दी संस्करणलाई पनि उछिनेको छ ।

 विक्की कौशलको फिल्मले तेस्रो हप्तामा ६० करोड १० लाख भारु कमाएको थियो । अल्लु अर्जुनको पुष्पा २ को हिन्दी संस्करणले तेस्रो हप्ताभरि ६० करोड रुपैयाँ मात्र कलेक्शन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप