मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंक कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मानित

मङ्गलबार, २० फागुन २०८१, १२ : ४५
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौँदेखि गरेको महत्त्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो । 

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलाई प्रा. डा. फत्त बहादुर केसी, मुख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप