ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
मङ्गलबार, २० फागुन २०८१, १२ : ०६

काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका ई–बग्गी परीक्षण गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू घुमाउनका लागि महानगरले अहिले ई–बग्गी परीक्षण गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए ।
अहिले होटल गुडविलसँग सहयोगमा महानगरले ई–बग्गी परीक्षण भइरहेको छ । महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।