मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...

मङ्गलबार, २० फागुन २०८१, १२ : ०४
मङ्गलबार, २० फागुन २०८१

किभ । पछिल्लो समय युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीमाथि एकपछि अर्को गर्दै अमेरिकाबाट प्रहार भइरहेको छ । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग झगडा भएपछि एक अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेका छन् ।

अमेरिकी सिनेटर लिन्डसे ग्राहमले जेलेन्स्कीले राजीनामा दिनुपर्ने भनेका थिए । उनको यस टिप्पणीप्रति जेलेन्स्कीले कडा प्रतिक्रिया दिएका छन् । जेलेन्स्कीलाई ग्राहमको टिप्पणीबारे प्रश्न गरिएको थियो । यसको जवाफमा उनले यदि आफ्नो विचारलाई महत्त्व दिन चाहन्छन् भने उनी युक्रेन आएर यहीँको नागरिकता लिन सक्छन् भनेका थिए । 

‘म उनीहरूलाई युक्रेनी नागरिकता दिन सक्छु, त्यसपछि हामी उनीहरूको आवाज सुन्नेछौँ’ कुनै बेला लिन्डसे ग्राहमले युक्रेनको समर्थक थिए । तर अब उनले जेलेन्स्कीलाई पूरै आफत भनेका छन् । चुनाव नभएसम्म युक्रेनमा कसैको आवाजको कुनै अर्थ नहुने ग्राहमले भनेका थिए । 

‘उनले राजीनामा दिनुपर्छ र हामीसँग काम गर्न अरू कसैलाई ल्याउनुपर्छ, नत्र उनले बद्लिनुपर्छ’ जेलेन्स्कीलाई लक्षित गर्दै ग्राहमले भनेका थिए । जेलेन्स्कीको नेतृत्व अमेरिका–युक्रेन सम्बन्धमा बाधा बनेको पनि उनको भनाइ थियो । यो बैठकअघि, ग्राहमले जेलेन्स्कीलाई सुरक्षा सम्झौताहरूमा बहसबाट बच्न सल्लाह दिएका थिए । तर जेलेन्स्कीले बैठकमा आफ्नो कुरा राख्न कुनै मौका खेर फालेनन् । 

ह्वाइट हाउसमा बसेको बैठकमा तनाव

ह्वाइट हाउसमा जेलेन्स्की, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबिच भएको भेटवार्तापछि विवाद सुरु भएको थियो । यस बैठकमा जेलेन्स्कीले युक्रेनको युद्ध प्रयासका लागि अमेरिकी समर्थन मागेका थिए । तर छलफल चाँडै नै तनावपूर्ण भयो । ट्रम्पले जेलेन्स्कीलाई युक्रेन रुसलाई केही भूभाग छाड्न तयार छ ? भनेर सोधेका थिए ।

यसैबिच भान्सले जेलेन्स्कीलाई अमेरिकी सहयोगप्रति कृतज्ञता नदेखाएको आरोप लगाए । ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध भड्काउने गरी जुवा खेलिरहेको भनेपछि यो बहस थप चर्कियो । यस क्रममा जेलेन्स्कीले रुसको आक्रामकताले भविष्यमा अमेरिकालाई पनि असर गर्न सक्ने चेतावनी दिए । यसपछि ट्रम्पले अचानक बैठक समाप्त गरे र संयुक्त पत्रकार सम्मेलन रद्द गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप