कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
मङ्गलबार, २० फागुन २०८१, १२ : ०५

बुटवल । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न नमिल्ने बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रम बोल्दै केसीले १५औँ महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताए ।
उनले महाधिवेशन ०८२ भित्र नगरेर ढिलाइ गर्दा ०८४ को निर्वाचनमा पार्टीको नतिजा प्रभावित हुने जिकिर गरे । पार्टीलाई विधान अनुसार चलाउन पनि तोकिएको मितिमै चुनाव हुनुपर्ने उनको धारणा छ ।
उनले निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त नहुने र यसले पार्टीको वैधानिक अस्तित्वमा नै सङ्कट आउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए