अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी

न्यूयोर्क । ताइवानी चिप निर्माता कम्पनी टीएसएमसीले अमेरिकामा एक खर्ब डलर लगानी गर्दैछ । ह्वाइट हाउसमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
ट्रम्पले यो घोषणा गर्दा टीएसएमसीका सीईओ सीसी वेई, वाणिज्य मन्त्री हवार्ड लुट्निक र ह्वाइट हाउसमा एआई तथा क्रिप्टो जार डेभिड स्याक्स पनि साथमै थिए । ट्रम्पले कम्पनीहरूलाई अमेरिकामै लगानी गर्न प्रोत्साहन दिइरहँदा यो घोषणा आएको हो ।
यो खर्चमा कम्पनीले अमेरिकामा उन्नत खालको चिप बनाउने तीन वटा कारखाना खोल्नेछ । टीएसएमसीको यस अघि नै न्यूर्याक र अरिजोनामा तीन वटा चिप बनाउने कारखाना छ । पछिल्लो घोषणासँगै अमेरिकामा टीएसएमसीको नयाँ लगानी १ खर्ब ६५ अर्ब डलर पुगेको छ ।
गएको हप्ता एप्पलले पनि अमेरिकामा कारखाना, उत्पादन र परियोजना विस्तारमा आगामी चार वर्षमा ५ खर्ब डलर खर्च गर्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ