युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई कम सहयोग गरेकोमा युरोपलाई हपारेका छन् । युरोपले युक्रेनलाई सहयोग गरेको सहयोगभन्दा धेरै रकमको रुसबाट पेट्रोलियम पदार्थ किनेको भन्दै उनले युरोपलाई गाली गरेका हुन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की र ट्रम्पबिच शुक्रवार ओभल अफिसमा चर्काचर्की भएको थियो । यो झगडापछि आफ्नो अमेरिकी भ्रमण छोट्याएर जेलेन्स्की बेलायत गए । बहसपछि युरोपेली नेताहरूले जेलेन्स्कीको समर्थनमा एक विज्ञप्ति जारी गरेका थिए । तर, ट्रम्पले सामाजिक सञ्जालमा यी भनाइहरूलाई खोक्रो भनेका छन् ।
ट्रम्पले टुर्थ सोसलमा लेखेका छन्– ‘युरोपले युक्रेनको रक्षा गर्न खर्च गरेको पैसाभन्दा बढी तेल र ग्यास रुसबाट किनेको छ । कयौँ गुणा धेरै ।’ गतहप्ता फिनल्यान्डस्थित ऊर्जा र स्वच्छ वायु अनुसन्धान केन्द्र (सीआरईए) ले एउटा प्रतिवेदन जारी गरेको थियो ।
प्रतिवेदनअनुसार युरोपेली सङ्घका देशहरूले गत वर्ष रुसबाट २३ अर्ब डलरको इन्धन किनेका छन् । यो २०२३ को तुलनामा केवल एक प्रतिशत मात्रै कम हो । यस अवधिमा युरोपले युक्रेनलाई १९ अर्ब ६० करोड डलर बराबरको मात्रै सहायता पठाएको छ । २०२२ मा युक्रेनमाथि आक्रमण भएदेखि, रुसले पेट्रोलियम र अन्य इन्धनबाट लगभग ८ खर्ब ८८ अर्ब ५० करोड डलर कमाएको छ ।
कसले कति तेल किनिरहेको छ ?
२०२३ मा रुसको कुल जीडीपी लगभग २२ खर्ब डलरको अनुमान गरिएको छ । यो उसको तेल र ग्यास निर्यातबाट हुने आम्दानीभन्दा धेरै बढी थिएन । न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार रुसको सबैभन्दा ठुलो तेल खरिदकर्तामा चीन, भारत र टर्की हुन् ।
२०२३ को तुलनामा भारतले रुसको खनिज इन्धनको खरिद ८ प्रतिशतले बढेको छ । टर्कीको खरिदारी पनि ६ प्रतिशतले बढेको छ । रुसको कुल तेल निर्यातको ६१ प्रतिशत छाया जहाजहरू मार्फत भइरहेको चेतावनी सीआरईएले दिएको छ ।
अहिलेसम्म कति पायो युक्रेनले सहयोग ?
युद्ध सुरु भएदेखि युरोपले युक्रेनलाई सहयोग बापत १ खर्ब ३८ अर्ब ७ करोड डलर दिएको छ भने अमेरिका एक्लैले १ खर्ब १९ अर्ब ७० करोड डलर दिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाको कुल योगदान १ खर्ब ८२ अर्ब ८० करोड डलर पुगेको छ ।
युरोपेली देशहरूले आफ्नो भूमिमा भइरहेको यो युद्ध रोक्न आवश्यक कदम चालेनन् भनेर ट्रम्पले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन् । अमेरिकाले अहिलेसम्म युद्धका लागि युक्रेनलाई दिएको सहायता बापत दुर्लभ खनिज चलाउन खोजिरहेको छ ।
भविष्यमा दिइने सहायताको स्वरूप पनि युक्रेनले चलाउन दिने दुर्लभ धातु र खनिजमा आधारित हुने भन्दै अमेरिकाले गएको हप्ता युक्रेनसँग खनिज सम्झौता गर्न खोजेको थियो । तर ट्रम्प र पुटिनबिचको झगडापछि सम्झौताको कुरा अलपत्र भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति
-
कहाँ पुग्यो रेशम चौधरी र सीके राउतको मिलन ?
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र