पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र पोखरा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको मङ्गलवार पेसी तोकिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
महानगरले २०८१ मङ्सिर २८ गते करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । महानगरपालिकाले नगरसभाबाटै निर्णय गरेर माघ १ गतेदेखि अनिता गिरीसहित ५९ जना करार कर्मचारीको माघदेखि नियुक्ति नवीकरण नगर्ने जनाएको थियो । उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै अदालत गुहारेका थिए ।
सर्वोच्चले करारका कर्मचारी हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर त्यसको कार्यान्वयन महानगरले नगरेपछि सर्वोच्चमा गएको फागुन १३ गते अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो ।
सुनुवाइका लागि आइतबार पेसी तोकिएकोमा सो दिन बेन्च नै बसेन । सोमबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !