मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसलको उपाधि हिमालय कलेजले जित्यो

मङ्गलबार, २० फागुन २०८१, ११ : ०३
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । ललितपुरको धोबिघाटस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा संचालित प्रथम डिएभी फ्रेन्डली फुटसल प्रतियोगिताको उपाधि हिमालय कलेजले जितेको छ । 

टुर्नामेन्टमा काठमाडौँ उपत्यकाका ४ बिएससी  सिएसआइटी कलेजका विद्यार्थी समूह सहभागी रहेका थिए ।

जसमा महर्षि कलेज, शिक्षालय कलेज र आयोजक डिएभी अन्तर्राष्ट्रिय कलेजलाई पछि पार्दै हिमालय कलेजले उपाधि हात पारेको हो । 

डिएभी बिएससी सिएसआइटीका प्रमुख शशिभुषण चत्तुर्बेदीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य सिएसआइटी कलेजहरुबीच मित्रता र सहकार्य प्रर्बद्धन गर्नु रहेको थियो।    

कलेजले यस्तो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने विज्ञप्तिमार्फत जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप