भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा
मङ्गलबार, २० फागुन २०८१, १० : ५०
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलीका सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार साँझ विराटनगर महानगरपालिका–१८ स्थित आइसीपी रोडबाट युपी ८७ ९१८१ नम्बरको ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यका समानहरु रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले टङकलाई नियन्त्रणमा लिएको हो ।
ट्रकसहित ४५ लाख बराबरको इलेक्ट्रिक, फुड सम्पीमेट्री, कस्मेटिक, मेडिकललगायतका सामानहरूसहित ट्रक चालक ३५ वर्षीय भारतीय नागरिक मोहम्मद अस्लामलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
भिनिसियस जुनियर भन्छन्– ‘रियल म्याड्रिड छाडेर साउदी लिग खेल्ने हल्ला निराधार’