दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !

काठमाडौँ । गायक दुर्गेश थापाले आफ्नो कार्यक्रम रोकिएको भन्दै आक्रोश पोखेका छन् । दाङमा आयोजना हुने भनिएको कार्यक्रम केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले रोकिएको उनले आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्।
कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।’
दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा आफूलाई निकै दुःख लागेको उनले बताएका छन् । उनले भनेका छन्, ‘ तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन!’
जबसम्म दर्शकहरूको माया छ तबसम्म आफूलाई कसैले हल्लाउन नसक्ने उनले जिकिर गरेका छन् । ‘दुस्मनहरूलाई एक मात्र जवाफ— दुस्मन हेरेको हेरै!
त्यसैले ’दुर्गेश थापा नाम हैन ब्राण्ड हो ब्राण्ड,’ थापाले भनेका छन् ।
यस्तो छ उनको भनाई :
कहिलेकाहीँ जिन्दगीले सोचेजस्तो हुँदैन भन्ने पाठ त पहिल्यै सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरे।
म दाङका प्रिय दर्शक भगवान्को दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ।
तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो।
मेरो भगवानरूपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो।
कलाकार भनेको एउटा परिवार हो। दर्शकको माया नै कलाकारको ऊर्जा हो।
तर केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन।
यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्।
कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ।
उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।
हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ!
तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन!
मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन।
मेरो मात्र एउटा रहर छ— नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु।
नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू,
हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु!
दर्शकको अपार माया, हजारौँको भीड, अनगिन्ती अवसरहरू— यी सबै देखेर जल्नेहरू जल्दै रहुन्!
किनभने जबसम्म मेरो शिरमा दर्शकको आशीर्वाद छ,
जबसम्म मेरो लागि दर्शकहरूको माया छ
तबसम्म मलाई कसैले हल्लाउन सक्दैन!
दुस्मनहरूलाई एक मात्र जवाफ— दुस्मन हेरेको हेरै!
त्यसैले "दुर्गेश थापा नाम हैन ब्राण्ड हो ब्राण्ड "
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालका रेडियोग्राफर चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा मुद्दा दायर
-
हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
सेबीका पूर्वप्रमुख माधवीविरुद्ध एफआईआर गर्न बम्बई उच्च अदालतले लगायो रोक
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति