लोसपा रौतहटको संयोजकमा भरत साह
मङ्गलबार, २० फागुन २०८१, ०९ : १९

रौतहट । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ। लोसपाको अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानो जिल्ला संयोजकको स्थानमा भरत साहलाई मनोनयन गरेको हो।
पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई संयोजकको जिम्मेवारी दिएको जनाएका छन् ।
भरत साह जिल्ला सदरमुकाम गौरका स्थानीय बासी हुन। उनी २०७४ को स्थानीय निर्वाचनमा गौर नगरपालिका १ का वडा अध्यक्षमा निर्वाचित भएका थिए। लोसपाले यसअघि स्थानीय कटहरिया नगरपालिका २ का रामप्रवेश दास तत्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शर्मा बीपी कोइराला प्रतिष्ठानको निमित्त उपकूलपति
-
पर्यटकको रोजाइमा विचित्र गुफा
-
न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै
-
रविको बन्दी प्रत्यक्षीकरण रिटको पेसी सोमबार
-
जेलेन्स्कीले भने-३० घण्टे युद्धविराममा रुसले १३ सय ५५ पटक गोलाबारी गर्यो, दुई हजार पटक उल्लंघन
-
कमजोर कार्यसम्पादन, कहाँ चुक्यो बागमती सरकार ?