'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
मङ्गलबार, २० फागुन २०८१, ०९ : ०८

सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताएका छन्। मंगलबार बिहान सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अवस्थामा कुनैपनि दलका नेताहरूले करोड खर्च नगरी चुनाव जित्न सक्ने अवस्था नरहेको बताए ।
'त्यसरी चुनाव जितेको नेताले गर्ने भ्रष्टाचार नै हो, भ्रष्टाचार, लुटपाट गर्ने काम अहिलेका नेताहरूबाट भइरहेको छ,' उनले भने, 'त्यो राजनीतिक अस्थिरताका कारण हो । अहिले देश व्यापारीको हातमा छ।'
त्यसैले अहिले हुने गरेको चुनाव नै खारेज गरिनुपर्ने उनको तर्क छ । माओवादीले परिवर्तनको आन्दोलनलाई भ्रष्टीकरणतर्फ उन्मुख बनाएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
-
यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...