‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा

काठमाडौँ । नेपाली फिल्म ’दर्पण छाया २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्युजिक भिडियोमा देखिएका छन् । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडियोमा जोडी देखिएका हुन् । यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।
कुलेखानी र आसपासका रमणीय दृश्यमा छायाङ्कन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको बताए ।
उनले भने,‘फिरोज र सहारालाई मैले दर्पण छायामा नै भेटेको हो । सुरुआती दिनमा भेटिएर बसेको मित्रता अहिले पनि उस्तै छ । अहिले पुनः एकसाथ काम गर्न पाउँदा मैले पुराना दिनलाई स्मरण गरेँ । गीत पनि निकै मिठो छ, हामीले अडियोलाई न्याय दिने किसिमको काम गरेका छौं, जस्तो लागेको छ ।’
आठ वर्षपछि पुनः गीतमा देखिन पाउँदा आफू उत्साहित रहेको पुष्पले बताए ।
अभिनेत्री कार्कीले पहिलो फिल्ममा काम गर्दा भेटेको पुष्पमा उही सरलता र मेहनतीपन देखिएको भन्दै प्रसंसा गरिन् ।
उनले भनिन्,‘पहिलो फिल्म देखि अहिलेसम्म पनि पुष्पसँग काम गर्दा कम्फर्ट फिल हुन्छ । उ अहिले पनि उस्तै लगनशील छ । उसको मेहनतले म जस्तो कलाकारलाई काम गर्ने ऊर्जा मिल्छ । यो गीत मैले भुवनजी मार्फत सुनेकी थिएँ । मलाइ मन परेको हो, अहिले काम गर्न पाउँदा खुसी लागेको छ ।’
अभिनेत्री कार्कीले अभिनयलाई म्युजिक भिडिओ र चलचित्रमार्फत निरन्तरता दिने बताइन । भिडिओमा अर्जुन तिवारीले छायाङ्कन, विकास दाहालले सम्पादन छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
-
यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू