मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

कमल यात्रीको 'पुर्कोटैमा चल्यो बतास' बजारमा

मङ्गलबार, २० फागुन २०८१, ०७ : ५७
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । पछिल्लो समय गाउँ रित्तिँदै गएको छ ।  हरेकजसो परिवारबाट कोही न कोही बिदेसिएका छन् ।

छोरा बिदेसिएपछि बुहारीले नातिनातिना च्यापेर सहर बजारमा झरेका, गाउँको घरमा बिरामी बाबाआमाको स्याहार सुस्याहारमा कोही नभएका, अझ एकल अवस्थामा रहेकी बुढी आमाको दयनीय  यथार्थलाई मौलिक गीतका शब्द र दृश्यबाट जीवन्त रूपमा उतार्ने कोसिस गरेका छन् सर्जक कमल यात्रीले । 

'पुर्कोटैमा चल्यो बतास' बोलको गीतमा  यात्रीले नेपाली समाजका असमानताका पक्षहरूलाई कलात्मक रूपले प्रस्तुत गरेका हुन् । गीतका शब्दहरूमा ग्रामीण परिवेशका समस्याहरू–अर्थतन्त्र, परम्परा र परिवारका सम्बन्धहरूको आघातलाई ठोस रूपमा प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप