क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लाग्ने पुष्टि गर्नासाथ अमेरिकी शेयर बजारमा गिरावट आएको छ । ट्रम्पको ट्यारिफ अडानले अर्थव्यवस्थाको गति धिमा हुने चिन्ताले इन्डस्ट्रियल एभरेज ६४९ अंक अर्थात् १.५ प्रतिशतले तल ओर्लियो । यस्तै, नास्डाक कम्पोजिटमा २.६ प्रतिशतले गिरावट देखियो ।
राष्ट्रपति ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयातित वस्तुमा २५ प्रतिशतसम्म ट्यारिफ लागू गर्ने समयसीमा आइपुगेको जानकारी दिनासाथ अमेरिकी शेयर बजार ओरालो लागेको हो ।
ट्रम्पले यो वर्षको सुरुवातदेखि नै ट्यारिफको धम्की दिएकामा मंगलबारबाट लागू गर्न लागिएको भनिएको छ । त्यसैको जवाफ स्वरुप शेयर बजारमा गिरावट आएको हो ।
ट्रम्पले चिनियाँ सामान आयातमा अतिरिक्त १० प्रतिशत ट्यारिफ लागू गर्ने भनेका छन् । यो खबरले अमेरिकाका तीन शीर्ष व्यापार साझेदार मूलुकले निकै तगारोहरु झेल्नु परेको थियो ।
ट्रम्पले सोमबार ह्वाइट हाउसमा ‘मेक्सिको, क्यानाडाका लागि कुनै ठाउँ बाँकी छैन । तपाईंहरुलाई थाहा छ, ट्यारिफ पूर्ण रुपमा तय भइसकेको छ । जुन मंगलबारदेखि लागू हुनेछ ।’
उनको योजना अनुसार अब चीनबाट अमेरिका प्रवेश गर्ने सामानमा कम्तिमा पनि २० प्रतिशत शुल्क लाग्ने भएको छ । ट्यारिफको सामना गर्ने तीनै देशले जवाफमा अमेरिकाविरुद्ध ट्यारिफ लगाउने पूर्ण घोषणा गरिसकेका छन् । जसले व्यापारयुद्ध बढ्ने जोखिम निम्तिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !