मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित

मङ्गलबार, २० फागुन २०८१, ०४ : ४२
मङ्गलबार, २० फागुन २०८१

काठमाडौं । इटालियन सिरी’एमा युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राती घरेलु मैदानमा युभेन्ट्सले हेलस भेरोनाविरुद्ध २-० को सहज जित निकालेको हो । 

युभेन्ट्सलाई जिताउन मध्यपंक्तिका खेफ्रेन थुरम र टुन कुपमिनर्सले एक-एक गोल गरे । यी दुबै गोल होस्रो हाफ पछि भएका हुन् । पहिलो हाफमा पाहुना टोलीका टोमस सुस्लोभले गरेको प्रहारलाई भीएआरले मान्यता दिएन । 

यो जितसँगै युभेन्ट्स अंक तालिकाको चौथो स्थानमा कायम छ । उसको २७ खेलबाट ५२ अंक छ । शीर्ष स्थानको इन्टर मिलानको समान खेलबाट ५८ र दोस्रो स्थानको नापोलीको ५७ तथा तेस्रो स्थानको एटलान्टाको ५५ अंक छ । यो सँगै २७ औं चरणका खेल पूरा भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप