नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय

जापान । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जापानको वार्षिक साधारणसभा मिति तय भएको छ। साधारणसभा नागोयामा ९ मार्चमा हुने तय भएको हो ।
अधिवेशनमा सहभागी हुन एसिया प्रदेश इन्चार्ज ओम शर्मा लगायत नेताहरूको उपस्थिति रहने मञ्चका अध्यक्ष मोहन पौडेलले जानकारी दिए। मञ्चले कार्यक्रम व्यवस्थापनको जिम्मा नागोया क्षेत्रीय कमिटीलाई दिएको छ। कार्यक्रममा सबै क्षेत्रबाट माओवादी निकट शुभईच्छुकहरुको ठुलो उपस्थिति रहने भएकाले कार्यक्रमको भव्य तयारी थालिएको नागोया क्षेत्रीय अध्यक्ष रञ्जित गौतमले जानकारी दिए।
कार्यक्रममा विभिन्न क्षेत्रहरूको रिपोर्टिङ, सङ्गठनको हालसम्मको आर्थिक प्रतिवेदन, विधान संशोधन लगायत विषयहरूमा छलफलसहित ,विधान अधिवेशन समेत गर्ने निर्णय गरेको महासचिव दावा लामाले जानकारी दिए । आर्थिक प्रतिवेदनमा सङ्गठनको वार्षिक आय–व्ययको विवरण, प्रस्तुत गरिने कोषाध्यक्ष गैरी सापकोटाले बताए ।
साथै मञ्चले विधान संशोधन समितिसमेत निर्माण गरेको छ। विधान अधिवेशनमा सङ्गठनको विधानमा सम्भावित संशोधन, नयाँ विधानको तर्जुमा लगायतका विषयमा छलफल हुने विधान संशोधन समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेले बताए ।
साधारण सभामा जनप्रगतिशील मन्च जापानका सल्लाहकारहरू र एसिया प्रदेश लगायतका नेताहरूको उपस्थिति रहनेछ । यसैगरी नेपालबाट आमन्त्रित नेताहरूको राजनीतिक प्रशिक्षण रहने मञ्चका प्रवक्ता जिपी लामिछानेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय