महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना

काठमाडौँ । एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा जोडिएको विवादका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयले निर्णय बारेको सूचना दिन अस्वीकार गरेको छ । सूचनाको हकसम्बन्धी व्यवस्थाअनुसार युवराज सफलले माग गरेको सूचनामा कार्यालयले सूचना नदिएको हो ।
‘...सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा २ को खण्ड (ख) बमोजिमको ‘सार्वजनिक महत्वको काम’ ऐ को खण्ड (ग) बमोजिमको सार्वजनिक सरोकारको विषय अन्तरगत पर्ने नदेखिएको र ऐ। ऐनको दफा ३ को उपदफा ३ को खण्ड (ख) अन्तर्गत पर्ने देखिएको ब्यहोरा जानकारी गराइन्छ’, कार्यालयले सोमबार उपलब्ध गराएको सूचनासम्बन्धी जवाफ पत्रमा उल्लेख छ ।
सफलले गत फागुन १२ गते यस सम्बन्धमा सूचना माग गर्दै निवेदन दिएका थिए । शान्ता पहाडीको जाहेरीले शर्माविरुद्ध दास बनाउन नहुने कसुरमा मुद्दा चलाउने–नचलाउने सम्बन्धमा हाल सम्म महान्यायाधिवक्ताको कार्यालयबाट कुनै निर्णय भएको नदेखिएको पत्रमा उल्लेख छ । तर, निवेदनमा मुद्दाको निर्णयलगायतको सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि प्रदान गर्न माग भए पनि कार्यालयले दिन अस्वीकार गरेको हो ।
यसअघि नै एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । यसैबिच राष्ट्रिय मानवअधिकार आयोगले भने प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रम शोषण गरेको भनिएको घटनामा अनुसन्धान गरिरहेको छ ।
शर्मालाई उन्मुक्ति दिएको भन्दै सञ्चार माध्यममा प्रकाशित समाचार पछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान गरिरहेको हो । शर्माले राजधानीको धुम्बाराहीस्थित निजी निवासमा बालिकालाई ६ वर्षदेखि बन्धक बनाएर श्रम शोषण गरेको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय