सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो

काठमाडौँ । आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना हुँदैछ । साढे २ वर्षपछि पहिलोपटक काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो ।
कन्सर्टको लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन् । १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने तयारी गायक केसीको छ ।
यसैबिच काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पनि कन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिएका छन् । आफूले बालेनलाई निम्तो दिएको र उनले कन्सर्टमा सहभागी हुने आशा राखेको सुशान्तले जानकारी दिएका छन् ।
गायक केसीले बालेनसँगको भेटबारे सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् । उनले लेखेका छन्- ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो । र्यापदेखि जिम्मेवारीसम्म । वास्तवमै लिजेन्ड । काठमाडौँ कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ कन्सर्टमा भेट्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा