मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा सुधार गर्नुपर्छ : खिलराज रेग्मी

सोमबार, १९ फागुन २०८१, २० : ५१
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति सुधार गर्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

रेग्मीले अरूलाई घोचपेच गरेर खुसी हुने प्रवृत्ति बढेको बताए । उनले मानवता, नैतिक शिक्षा जस्ता विषयमा पठनपाठन गराउन छोडिएको भन्दै मानवीय सद्चरित्र र आदर्शका गुण हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘आज सदाचार, नैतिकता र सदाचार जस्ता मानवीय सद्चरित्र जस्ता आदर्शका गुणहरु समाजमा ह्रासोन्मुख छन् । मानवता, नैतिकता र सद्चरित्र जस्ता विषयको सिकाई र शिक्षाबारे राम्रो गहन अध्ययन गराउनै छोडियो । मानिसमा आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ ।’

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई सर्वोदय सेवा संघले भैरव सदाचार राष्ट्रिय पुरस्कार २०८१ समर्पण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप