पशुपतिको बालुवामा भ्रष्टाचार : काठमाडौँका दुई पूर्व एलडीओसहित ३ जना कारागार चलान

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ३ जना पूर्वकर्मचारी कारागार चलान भएका छन् । काठमाडौँका तत्कालीन स्थानीय विकाश अधिकारीद्वय प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र पशुपति क्षेत्र विकाश कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मी कारागार चलान भएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई केहि दिनअघि काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंको आदेश अनुसार डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।
उनीहरुले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गर्ने निर्णय गरेर भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर छ । सर्वोच्च अदालतले माघ ३० मा सो मुद्दाको फैसला गरेको हो ।
पूर्व प्रजिअ भएर समेत काम गरेका जोशीलाई सर्वोच्चले ६ महिना कैद र २ लाख ३७ हजार जरिवाना हुने फैसला गरेको छ । महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद र ७८ लाख ५३ हजार जरिवाना हुने सर्वोच्चको ठहर छ । रेग्मीलाई २ लाख ३७ हजार जरिवाना र ६ महिना कैद हुने अदालतको ठहर छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ६ जना फरार छन् । न्यायाधिशहरु कुमार रेग्मी र अब्दुल अजिज मुसलमानले पशुपति विकाश कोषका तत्कालीन सदस्य सचिव निर्मल कुँइकेल र सुशिल नाहाटा समेतलाई कैद र जरिवाना हुने ठहर गरेका थिए ।
कुँइकेल र नाहाटा फरार छन् । कुँइकेललाई ६ वर्ष कैद र ८३ लाख ४१ हजार जरिवाना हुने सर्वोच्चको ठहर छ । नाहाटा विरुद्ध पनि ६ वर्ष कैद र ९१ लाख ६३ हजार जरिवनाको फैसला भएको छ । काठमाडौँको तत्कालीन स्थानीय विकाश अधिकारी गोपाल प्रसाद पराजुलीविरुद्ध ६ वर्ष कैद र १ करोड २२ लाख जरिवाना हुने ठहर भएको छ । पराजुली पनि फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय