अब भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता खारेज गर्न पाइने

काठमाडौँ । अबदेखि भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता, खारेज गर्न पाइने भएको छ । सोमबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।
कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासन सम्बन्धी कार्यलाई सहज, सरल र थप पारदर्शी बनाउनका लागि कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (CAMIS htps://camis.ocr.gov.np/) का सबै मोडयूलहरूलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ ।
‘प्रयोगकर्ताहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी परिमार्जित रूपमा प्रणाली कार्यान्वयनमा ल्याइएकाले यसबाट कम्पनी प्रशासनको कामकारबाही पूर्णरूपमा अनलाइन माध्यमबाट सम्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यस प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्न सकिनेछ ।’
यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट नै टुङ्गो लगाइने व्यवस्था मिलाइएको जनाइएको छ । उक्त प्रणालीले सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखत लगायत भौतिक उपस्थितिबाट चेकजाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनहरू बाहेक अन्य सबै आवेदनहरू अनलाइन प्रणालीबाटै टुङ्गो लगाइ सो सम्बन्धी पत्र, विवरण लगायत कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा स्वचालित रूपमा पठाइ कम्पनी प्रशासनको कार्यलाई थप सहज र सरल बनाउने छ ।
साथै, आवेदन पेस भएपश्चात् कम्पनी रजिष्ट्रार कार्यालयमा तोकिएको कर्मचारी र तत्पश्चात् सो विषयमा अनलाइन प्रणालीबाटै सम्बन्धित कम्पनीलाई सूचना दिइने तथा साबिकमा सञ्चालनमा रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजातहरू सम्बन्धित कम्पनीले प्रणालीमा नै हेर्न सक्ने व्यवस्था समेत मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना