साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : प्रशिक्षक म्याट रस

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको नवनियुक्त प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबारदेखि लागू हुनेगरी अस्ट्रेलियन प्रशिक्षक म्याट रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
एन्फाले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्ट्रेलियन प्रशिक्षक म्याटले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका हुन् । उनले एसियन कप क्वालिफायरमा राम्रो नतिजा दिलाउन प्रयास गर्ने आशा व्यक्त गरेका छन् । नेपाली फुटबल टोलीमा क्षमतावान् खेलाडी रहेको र महिला टोलीमा पनि क्षमतावान् खेलाडी रहेको प्रशिक्षक म्याटको भनाइ छ ।
व्यक्तिगत रूपमा केही खेलाडीमा उत्कृष्ट क्लास रहेको उनले बताए । अनुभवी प्रशिक्षकले केही देशहरूलाई विश्व फुटबलमा उत्कृष्ट टिम दिएको स्मरण गर्दै उनले तीमध्ये एक आइसल्यान्ड रहेको उल्लेख गरे । फुटबल विकास गर्न तल्लो तहदेखि खेलाडी र प्रशिक्षकको प्रशिक्षक अगाडि बढाउनुपर्ने उनको धारणा छ । प्रशिक्षक म्याटले आफू नेपाली टोलीसँग काम गर्न उत्साहित रहेको उल्लेख गर्दै केही खेलाडीलाई केपी ओली कप र झापाको फुटबल प्रतियोगितामा हेरेको बताएका छन् । ती खेलाडी र कोचिङ स्टाफसँग काम गर्न आफू उत्साहित रहेको पनि उनले उल्लेख गरे । उनीहरूसँग मिलेर सफलता प्राप्त गर्ने उनको भनाइ छ ।
उनले सफलताका लागि धेरै चुनौती रहे पनि चुनौती लिन नै आफूलाई मनपर्ने र त्यसैले पनि प्रशिक्षक बनेको धारणा व्यक्त गरेका छन् । साथै उनले अस्ट्रेलियामा रहेर प्रोफेसनल फुटबल खेलिरहेका खेलाडीका लागि सदैव ढोका खुला रहेको पनि बताए । अस्ट्रेलियन प्रशिक्षक म्याटले राम्रो टोली बनाउनका लागि राम्रा खेलाडीका लागि ढोका खुला रहेको उल्लेख गर्दै आफू दीर्घकालीन लक्ष्य लिएर आएको धारणा राखेका छन् । उनले नेपाली यु–२० मा पनि उत्कृष्ट खेलाडी रहेको र उनीहरूलाई कुनै पनि हालत गुमाउन नचाहने उल्लेख गरे ।
नेपालमा फुटबलप्रतिको क्रेज र जोस अविश्वसनीय रहेको र ती जोसलाई एक बनाएर नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने आफ्नो प्रमुख जिम्मेवारी हुने उनले बताएका छन् । म्यानमारसँग नेपाली महिला टोलीको खेल हेरेको र खेल मैदानको वातावरण धेरै उत्साहजनक रहेको उनले उल्लेख गरे । आफ्नो प्रमुख जिम्मेवारी नै फुटबलप्रति नेपालीको जोसलाई एक ठाउँमा ल्याएर नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउनु हुने उनको विश्वास छ । उनले बलियो टोली निर्माण गर्दै आम मानिससम्म त्यसलाई जोड्न प्रयास गर्ने बताएका छन् । आफूले विभिन्न देशको टोली र क्लब गरी करिब २० वर्ष फुटबल प्रशिक्षण गराएको पनि उनले उल्लेख गरेका छन् । प्रशिक्षक म्याटले सफलता प्राप्त गर्नका लागि नेपाली टोलीमा राम्रो वातावरण सिर्जना गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शर्मा बीपी कोइराला प्रतिष्ठानको निमित्त उपकूलपति
-
पर्यटकको रोजाइमा विचित्र गुफा
-
न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै
-
रविको बन्दी प्रत्यक्षीकरण रिटको पेसी सोमबार
-
जेलेन्स्कीले भने-३० घण्टे युद्धविराममा रुसले १३ सय ५५ पटक गोलाबारी गर्यो, दुई हजार पटक उल्लंघन
-
कमजोर कार्यसम्पादन, कहाँ चुक्यो बागमती सरकार ?