मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
एमाले मोरङ अधिवेशन

दुई प्यानलको उम्मेदवारी दर्ता, भोलि बिहान ९ बजेदेखि मतदान हुने

सोमबार, १९ फागुन २०८१, १७ : २४
सोमबार, १९ फागुन २०८१

विराटनगर । नेकपा (एमाले) मोरङको १० औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दुई पक्षको प्यानलले नै उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् । 

यस्तै नेता विनोद ढकाल पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले मनोनयन दर्ता गरेका छन् ।

१६५ सदस्यीय कार्यसमितिमा अरू जिल्ला सदस्यीयहरूको मनोनयन जारी छ । मनोनयनका लागि साँझ साढे ५ बजेसम्मको समय दिइएको छ । 

निर्वाचनका लागि ९११ जना मतदाता छन् । जसमा भूगोलतर्फ ७४५, जनसङ्गठनतर्फ १२० र मनोनीत ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् ।

एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । निर्वाचन आयोगका प्रमुख सुरेशलाल श्रेष्ठले मङ्गलवार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप