प्रधानमन्त्री कप छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी

काठमाडौँ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी प्रधानमन्त्री कप छनोट क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुनसरी र इलामले जित हासिल गरेका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई चार विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ मध्ये २४.३ ओभरमै अलआउट हुनुअघि ६३ रन बनाएको थियो । झापाका लागि आशिष राना मगरले सर्वाधिक १३ रन बनाए । सुनसरीका प्लेयर अफ दि म्याच घोषित प्रकाश कार्कीले तीन र भुपाल लुइटेलले दुई विकेट लिए ।
सुनसरीले २५.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान गरे । अर्को खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित ग¥यो । रेको छ । टस जितेर ब्याटिङ गरेको इलामले ३६.४ ओभरमा अलआउट हुनुअघि एक सय ६५ रन बनायो ।
इलामका लागि शिवान्स बजगाईले सर्वाधिक ४० रनको योगदान गरे । उदयपुरका सोनु अन्सारीले तीन विकेट लिए । जवाफमा उदयपुरले ३९.५ ओभरमा अलआउट हुनुअघि एक सय ५३ रनमा सिमित भयो । उदयपुरका प्रभात किरणले ३३ रन बनाए । सोनु अन्सारीले पनि २८ रन बटुले । इलामका प्लेयर अफ दि म्याच घोषित विशाल आचार्यले तीन विकेट लिए ।
हेमन राई, सन्दिप ढुंगाना र वि कामतले पनि दुई–दुई विकेट हात पारे । लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरि पाँचवटा टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात