सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालले चैत २६ मा बृहत् जनप्रदर्शन गर्ने

सोमबार, १९ फागुन २०८१, १६ : ५७
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । राप्रपा नेपालले सुशासन, हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि जनदबाब थाल्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सङ्घीयता खारेज, धर्म परिवर्तनको अन्त्य, मिटरब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न जनपरिचालन र जनदबाब कार्यक्रम सार्वजनिक गरेको हो । 

त्यसअन्र्तगत आगामी चैत १ गते सबै जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना र प्रदर्शन दिने सो पार्टीले जनाएको छ । त्यस्तै चैत ८ र ९ गते हेटौँडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण, चैत १४ देखि १८ सम्म काठमाडौँ उपत्यकाका १० (दश) वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गर्ने नेता राजाराम बर्तौलाले जानकारी दिए । 

बर्तौलाका अनुसार चैत २२ गते राष्ट्रियसभा गृहमा संयोजित सङ्गठन समन्वय विभागको आयोजनामा जनवर्गीय सङ्गठनहरूको संयुक्त भेला, चैत २६ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

21

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप