प्रधानमन्त्रीलाई प्रभुको प्रश्न : कुन नैतिकताले पदमा बस्नुहुन्छ ?

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमाले सरकार असफल भइसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सरकारको कार्यसम्पादन मूल्याङ्कन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आफै फेल भएकाले प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्न नैतिकताका आधारमा पनि नमिल्ने बताएका हुन् ।
‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्याङ्कनमा उहाँ आफैँ फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याबिनेटमा आधाभन्दा बढी मन्त्रीहरू नै फेल भएका छन्’, साहले भने, ‘यो सरकार फेलियर भएको पुष्टि भइसक्यो ।’ उनले असफलहरूले देशमा सुशासन र विकास गर्न नसक्ने पनि बताए ।
‘प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरूको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अङ्क आएको छैन । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशत मात्रै अङ्क आएको छ भने उहाँ कुन नैतिकताका आधारमा पदमा बसिरहनुभएको छ’, साहको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी