अजिनक्या रहाणे कोलकाता नाइट राइडर्सको कप्तान, वेंकटेश ऐयरलाई उपकप्तानको जिम्मेवारी

काठमाडौँ । विश्वको लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि कोलकाता नाइट राइडर्सले आफ्नो कप्तानको नाम सार्वजनिक गरेको छ ।
कोलकाता नाइट राइडर्सले आईपीएलको आगामी सिजनका लागि अजिनक्या रहाणेलाई कप्तान बनाएको हो । अजिनक्या रहाणे हाल भारतीय टोलीको सदस्य भने छैनन् । कोलकाता नाइट राइडर्सले वेंकटेश ऐयरलाई आगामी सिजनको आईपीएलका लागि आफ्नो उप–कप्तान बनाएको छ । कोलकाताले सोमबार आधिकारीक रुपमा यो जानकारी सार्वजनिक गरेको हो ।
उनलाई कोलकाता नाइट राइडर्सले २३ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । कप्तानको घोषणा गर्दै कोलकाताका प्रमुख कार्यकारी अधिकृत वेंकी मैसुरले भनेका छन्, ‘रहाणेलाई कप्तान नियुक्त गरेपछि हामी निकै उत्साही छौँ । उत्कृष्ट प्रदर्शनको आशा गरेका छौँ ।’
रहाणले पनि कप्तान नियुक्त भएपछि खुसी व्यक्त गरेका छन् । ‘आईपीएलको सबैभन्दा सफल टोलीमध्येको एक कोलकाताको कप्तान बन्न पाउँदा निकै खुसी लागेको छ । हामीसँग अहिले निकै सन्तुलित टोली छ र हामी अर्को उपलब्धिका लागि तयार छौँ,’ उनले भनेका छन् ।
सन् २०२४ मा आईपीएलको उपाधि जित्दा कोलकाता नाइट राइडर्सको कप्तान श्रेयष ऐयर थिए । कोलकाताले फाइनलमा सनराइजर्स हैदराबादलाई हराएको थियो । तर, आगामी सिजनको मेगा अक्सनअघि नै कोलकाताले श्रेयष ऐयरलाई रिलिज गरेको थियो । आगामी सिजनको आईपीएल मार्च २२ तारिखदेखि सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल
-
शिक्षकहरूलाई लचिलो बन्न शिक्षामन्त्रीको आग्रह
-
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता
-
‘प्रधानमन्त्री र मन्त्रीहरूले कति सम्पत्ति पुर्याएपछि सार्वजनिक गर्नुहुने हो ?’