पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस

वीरगन्ज । पर्साको कालिकामाईस्थित एक सरकारी विद्यालयका करिब २० जना विद्यार्थी अचानक बेहोस भएका छन् ।
बिहानको प्रार्थना सकेको एक घण्टा नबित्दै श्री नेपाल माध्यमिक विद्यालयका विद्यार्थी बेहोस भएका हुन् ।
कालिकामाई गाउँपालिका अध्यक्ष वशिष्टकुमार गुप्ताका अनुसार सोमबार बिहान एकाएक विद्यार्थी बेहोस भएका हुन् । उनले भने, ‘स्कुलको प्रार्थना सकेको केही बेरमा विद्यार्थीहरू बेहोस हुन थाले ।’
सुरुमा एक जना विद्यार्थी बेहोस भएको तर केहीबेरमै धमाधम अन्य विद्यार्थी समेत बेहोस हुन थालेको उनले बताए ।
गाउँपालिका अध्यक्ष गुप्ताका अनुसार बेहोस भएकामध्ये एक जना विद्यार्थीको अवस्था गम्भीर छ । गम्भीर अवस्थामा रहेका ती विद्यार्थीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए ।
बाँकी विद्यार्थीको भने पोखरिया अस्पताल र सदरमुकामका अस्पतालमा उपचार गरिएको गाउँपालिका अध्यक्ष गुप्ताको भनाइ छ ।
‘मास हिस्ट्रोरिया’का कारण विद्यार्थीहरू बेहोस भएको अस्पतालले जानकारी दिएको गाउँपालिका प्रमुख गुप्ता बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै