प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिनको स्थिति खुलाएर पठाउन पत्र काटेको छ ।
फागुन १५ गतेको मितिमा महानगरलाई पत्र लेख्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको कारबाही खुलाएर पठाउन निर्देशन दिएको हो ।
‘प्रस्तुत विषयमा त्यहाँको चलानी नम्बर ४५०, मिति २०८१/०९/२४ गतेको पत्र प्राप्त भई ब्यहोरा अवगत भयो । सो सम्बन्धमा त्यहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिनुहुन मिति २०८१/११/१५ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले लेखेको पत्रमा भनिएको छ ।
महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न पूर्वसचिव शंकरप्रसाद पाण्डे नेतृत्वमा समिति गठन गरेको थियो । तर समितिको प्रतिवेदन सार्वजनिक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला
-
ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
-
पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ –मन्त्री पाण्डे
-
कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला
-
‘डिजिटल प्रविधिको लत जसरी सोचेभन्दा कैयौँ गुणा भयानक’ : यादव भट्टराई
-
शिक्षक आन्दोलनसम्बन्धी रिटमाथि सुनुवाइ सकियो