निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो

काठमाडौँ । सेयर बजार दोहोरो अङ्क घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १३.६२ अङ्कले घटेर २८७६.६६ विन्दुमा पुगेको हो । आज बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । बजारमा आज ५१ कम्पनीको मूल्य बढेको छ । १८७ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज जीवन बीमा, उत्पादन तथा प्रशोधनमूलक उद्योग, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहका सेयर बढ्दा बाँकी समूहका सूचक घटेको छ । होटल तथा टुरिजम क्षेत्रको समूह सर्वाधिक १.८८ प्रतिशतले घटेको छ भने अन्य समूह सर्वाधिक १.८६ प्रतिशतले बढेको छ ।
आज बजारमा गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लाग्दा समाज लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज बजारमा नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार सङ्ख्या र रकमका आधारमा समेत यही कम्पनी अगाडी देखिएको छ ।
यसअघि १० वटा कारोबार दिनसम्म बजार निरन्तर बढेको थियो । यो अवधिमा बजार २१२ अङ्कले वृद्धि भएको थियो । ११ दिन आज सेयर बजारमा सामान्य सुधार भएको हो । परिसूचक घटे पनि कारोबार रकम भने आज बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार
-
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो