कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?

काठमाडौँ । आज मार्च ३ अर्थात् मार्च महिनाको तेस्रो दिन । कुनै समय नयाँ वर्ष मार्चदेखि सुरु हुन्थ्यो । के तपाईँलाई यो कुरा थाहा छ ? यसको पनि एउटा अनौठो कथा छ ।
पहिला वर्षको पहिलो महिना मार्च हुन्थ्यो । तर अब जनवरी र फेब्रुअरीले यसलाई धकेलेर तेस्रो स्थानमा पुर्याएका छन् । मार्च महिनालाई योद्धाहरूको महिना पनि भनिन्छ ।
सेनामा सबैभन्दा बढी प्रयोग हुने दुई शब्द मार्च र मार्चिङ पनि यसैसँग सम्बन्धित छन् । नेपालीका लागि मार्च होलीको महिना हो । मार्च नाम ल्याटिन शब्द मार्टियसबाट आएको हो, जुन युद्धका रोमन देवता मार्सको नाममा रहेको छ । शताब्दीयौं अघिको मूल रोमन क्यालेन्डरको पहिलो महिनाको नाम मार्सियस थियो । रोमन क्यालेन्डर सुरु हुँदा मार्च पहिलो महिना थियो । त्यतिबेला वर्षमा १२ को सट्टा १० महिना मात्रै थिए ।
मार्च महिना अलेक्जान्ड्रियाका खगोलशास्त्री सोसिगेनले विकास गरेका हुन् । पहिलो महिना भएकाले यो कसको नाममा राख्ने भन्नेबारे धेरै छलफल भयो । पहिलो महिना मानिएको हुनाले यसको नाम सुन्दा पनि उत्साहजनक लागोस् भन्ने तर्क थियो । त्यसैले यसको नामलाई युद्धका देवता मंगल ग्रहसँग जोडियो । ४६ ईसा पूर्वमा जुलियस सिजरले यस महिनाको नामलाई अनुमोदन गरे । यो रोमन क्यालेन्डरको पहिलो महिना बन्यो । यद्यपि, यो महिनाले जुलियस सिजरलाई पनि दुःखद रूपमा असर गर्यो । यही महिना उनको हत्या भयो ।
कसरी तेस्रो स्थानमा खस्यो मार्च ?
रोमन शासक नुमा पोम्पिलियसलाई परम्परागत रूपमा क्यालेन्डरमा जनवरी र फेब्रुअरी थप्ने श्रेय दिइन्छ । क्यालेन्डरको दुई महिना थपिएपछि मार्च वर्षको तेस्रो महिना बन्यो । तर, केही संस्कृति र धर्महरूले अझै पनि मार्च १ मा नयाँ वर्ष मनाउँछन् । इरानमा नयाँ वर्षको पहिलो दिन मार्च २१ मा मनाइन्छ । यद्यपि, ग्रेगोरियन क्यालेन्डर अपनाएपछि ३१ दिन हुने सात महिनामध्ये एक मार्च बन्यो ।
सैन्य अभियानसँग यस्तो छ मार्चको सम्बन्ध ?
प्राचीन रोममा, मार्चलाई सैन्य अभियानको मौसमको सुरुवात मानिन्थ्यो । यसैकारण यस महिनाको नाम मार्च राखिएको हो । मार्चले युद्धतर्फको मार्चलाई जनाउँछ । मार्च शब्द पुरानो फ्रान्सेली शब्द मार्चियरबाट आएको हो, जसको अर्थ हिँड्नु, सर्नु हो । रोमन साम्राज्यमा युद्ध सामान्यतया यसै महिनामा सुरु हुन्थ्यो भन्ने कथन पनि छ । मार्च महिनाको जन्म १५० ईसा पूर्वमा भएको थियो । यद्यपि केही मानिसहरू यसलाई अझ पुरानो मान्छन् । खैर, जुलियन र ग्रेगोरियन दुवै क्यालेन्डरमा मार्च वर्षको तेस्रो महिना हो । यसमा सधैँ ३१ दिन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात