सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डले बोलाए पदाधिकारी बैठक

सोमबार, १९ फागुन २०८१, १५ : ०२
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमा बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीति,अभियानको समीक्षा लगायत विषयमा छलफल गर्न बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

माओवादीले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सञ्चालन गरेको छ । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयकबारे पनि छलफल हुनसक्ने उनले बताए । प्रचण्डसहितका शीर्ष नेताहरू सोमबार धनुषाबाट काठमाडौँ आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप