रास्वपाको कार्यवाहक प्रवक्तामा झा फर्किए
सोमबार, १९ फागुन २०८१, १४ : ५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् । सोमबारदेखि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएको सामाजिक सञ्जाल फेसबुक मार्फत झाले जानकारी गराएका छन् ।
‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु’, उनले लेखेका छन् ।
झा गत माघ पहिलो हप्तादेखि अध्ययनका लागि एक महिना बिदामा बसेका थिए । उनको अनुपस्थितिमा सह–प्रवक्ता प्रतिभा रावलाई जिम्मेवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
-
'यौन श्रम पनि एक प्रकारको श्रम नै हो, यसलाई निरपराधीकरण गरिनुपर्छ'
-
सोह्र वर्षपछि अछाम दरबारको निर्माण कार्य सम्पन्न