मेस्सीको अनुपस्थितिमा स्वारेज चम्किएपछि इन्टर मियामीको शानदार जित

काठमाडौँ । स्टार स्ट्राइकर लियोनल मेस्सीको अनुपस्थितिमा मैदानमा ओर्लिएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) को आइतबार राति सम्पन्न खेलमा हस्टन डाइनामोलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको छ ।
जारी सिजनको एमएलएसमा इन्टर मियामीले खेलेको यो दोस्रो खेल हो । जितसँगै इन्टर मियामी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अघिल्लो खेलमा बराबरीको नतिजा निकालेको इन्टर मियामीले चार अंक जोडेको छ ।
इन्टर मियामीको सजिलो जितमा भेनेजुएलाका २१ वर्षीय मिडफिल्डर टेलास्को सेगोभियाले दुई गोलको योगदान गरे । उनले दुबै टोली पहिलो हाफमै गरेका थिए । खेल सुरु भएको छैटौँ मिनेट र पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।
इन्टर मियामीका लागि ३७ औँ मिनेटमा टाडेओ एलेन्ड र ७९ औँ मिनेटमा उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले पनि एक–एक गोल गरेका थिए ।
इन्टर मियामीका लागि लुइस स्वारेजले उत्कृष्ट प्रदर्शन गरे । बाँकी तीनवटै गोलका लागि पनि स्वारेजले नै पास उपलब्ध गराएका थिए ।
दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा इन्टर मियामीका इयान फ्रायी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
घरेलु टोली हस्टन डाइनामोका लागि भने एकमात्र गोल निर्धारित समयको ८५ औँ मिनेटमा निकोलस लोडेइरोले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातबुँदे सम्झौता कार्यान्वयनतिर ध्यान दिनुपर्छ : उपसभापति गुरुङ
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री भण्डारी
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ