केपी ओली अध्ययन र ज्ञानका भण्डार : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिपय आलोचकले नपढेको मान्छेका रूपमा चित्रण गर्ने गरेपनि ज्ञानका हिसाबले ओली भण्डार रहेको बताएका छन् । सोमबार ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘अनुशासित विद्रोही जसले समाजलाई बदल्ने प्रयास गरेको छ’, पोखरेलले भने, ‘आफैमा अध्ययन र ज्ञानको भण्डारको मान्छेका रूपमा हामीले केपी शर्मा ओलीलाई लिन सक्छौँ ।’ तर समाजमा ओलीले एउटा नपढेको मान्छेका रूपमा चित्रण गर्ने गरिएको भन्दै नेपालका पढेका मानिसहरूले ओलीको जत्तिको हैसियत नराख्ने बताए । साथै ओली पार्टीलाई विचारमा डोर्याउने सामर्थ्य राख्ने नेता भएको पोखरेलले बताए । झापा विद्रोहमा व्यक्ति हत्याको विरोधमा असहमति राख्ने हैसियतको नेता ओली भएको भन्दै पोखरेलले मदन भण्डारीको जवजको मस्यौदाकारका रूपमा समेत ओली रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा