ठुला दल भिडेर मुलुकको उन्नति हुँदैन : पूर्वराजदुत आचार्य

काठमाडौँ । पूर्वराजदूत नीलाम्बर आचार्यले नेपाल बनाउन देशका प्रमुख शक्तिहरू एक ठाउँमा हुन जरुरी रहेको बताएका छन् ।
सोमबार ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले समृद्ध नेपालको चाहाना पुरा गर्न पुरै देशलाई जोड्नुपर्ने र त्यसका लागि मुलुकका प्रमुख शक्ति मिल्नुको विकल्प नभएको बताए । दुई ठुला दल आपसमा भिडेर कहिल्यै मुलुकको उन्नति नहुने आचार्यको भनाइ छ ।
‘कम्तीमा एकदुई टर्ममा कांग्रेस र एमाले सहकार्य गर्नुपर्छ र सँगसँगै अघि बढ्दा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्न सकिन्छ’, उनले भने, ‘संयोगले अहिले दुई ठुला दल कांग्रेस र एमालेको गठबन्धन भएको भन्दै दुवै पार्टीको उद्देश्य देशलाई एउटा लिकमा हिँडाउन सफल हुनसक्छ ।’
केपी ओली समृद्ध नेपाल सुखी नेपालीको अवधारणकार, सपनाकार र योजनाकार रहेको आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
-
'यौन श्रम पनि एक प्रकारको श्रम नै हो, यसलाई निरपराधीकरण गरिनुपर्छ'
-
सोह्र वर्षपछि अछाम दरबारको निर्माण कार्य सम्पन्न
-
बल्ल पर्यो पानी, किसानलाई राहत