योगेशकाजीको ‘के गर्यौ तिमीले’ मा करुणाको अभिनय
सोमबार, १९ फागुन २०८१, १४ : ३६

काठमाडौँ । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जय विक्रमको शब्द, महेश ज्ञवालीको सङ्गीत, योगेशकाजी शाहको एरेन्ज छ ।
भिडियोमा देव सरकार र करुणा श्रेष्ठको जोडदार अभिनय छ । भिडियोमा कर्ण कार्की भने विशेष भूमिकामा छन् । भिडियोमा एउटा प्रेमिल जोडीबिच प्रेम र शंकाको दोसाँधमा उनिएको कथालाई प्रस्तुत गरिएको छ ।
सुव्रत आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
-
'यौन श्रम पनि एक प्रकारको श्रम नै हो, यसलाई निरपराधीकरण गरिनुपर्छ'