सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्कुलमा छँदा साथीकी आमासँग प्रेम, २० वर्षपछि पत्नी बनाए

सोमबार, १९ फागुन २०८१, १४ : ३६
सोमबार, १९ फागुन २०८१

टोकियो । इसामु टोमिओकाले आफ्नी पत्नी मिडोरीलाई आफू स्कुल छँदै भेटेका थिए । उनी आफ्नो कक्षाको साथीकी आमा थिइन् । आफूभन्दा २१ वर्ष जेठो भए पनि उनलाई मिडोरीसँग विवाह गर्न केहीले पनि रोक्न सकेन ।

एउटा टेलिभिजनमा आफ्नो सम्बन्धको बारेमा खुलासा गरेपछि उनीहरूको प्रेम कथा यतिबेला भाइरल बनेको छ । ३२ वर्षीय इसामुका अनुसार उनले मिडोरीलाई स्कुलमा हुने अभिभावक र शिक्षकको बैठकमा देखेका थिए ।

उनी आफ्नो कक्षाको साथीकी आमा थिइन् । त्यतिबेला नै उनलाई मिडोरी राम्री लागेको थियो । २० वर्षपछि जब उनीहरूको पुनर्मिलन भयो, उनी मिडोरीबाट पुनः प्रभावित बन्न पुग्यो ।

उनीसँग नजिक हुनका लागि इसामुले आफ्नो कक्षाको पुरानो साथीलाई सम्पर्क गरे । सुरुमा त मिडोरीले इसामुको प्रेम प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । उमेरमा यति धेरै अन्तर भएका कारण यो सम्बन्ध नटिक्ने उनको बुझाइ थियो । तर, इसामुको निरन्तरको प्रयासबाट उनी अन्ततः प्रभावित भइन् र बिस्तारै उनलाई माया गर्न थालिन् ।

‘न्युलीवेड्स वेलकम’ नामक कार्यक्रममा कुराकानी गर्दै मिडोरीले सुरुमा इसामुले उनलाई खाना खानका लागि जाने प्रस्ताव गर्दा अनौठो नलागे पनि पछि उनले आफ्नो प्रेमबारे खुलासा गर्दा भने आफू आश्चर्यमा परेको बताइन् ।

Isamu-and-Midori3-750x454

मिडोरीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरे पनि इसामुले उनलाई लगातार ३० दिनसम्म डिनरका लागि लगेका थिए । यति गर्दा पनि आफ्नो छोरीको उमेरको केटा, त्यो पनि उसको पूर्वसाथीसँग, सम्बन्धमा रहनु मिडोरीलाई अनौठो लागिरहेको थियो ।

उनी भर्खरै डिभोर्सबाट गुज्रेकी थिइन् । यस्तो बेला इसामुले गरेको प्रयासबाट उनी प्रभावित हुन पुगिन् । ३० पटक डेटमा गएपछि इसामुले मिडोरीलाई पुनः प्रेम प्रस्ताव राखेका थिए । यसपटक पनि मिडोरीले त्यसलाई अस्वीकार गरिन् । उनलाई परिवार र आफ्नो छोरीले के भन्छिन् भन्ने डर थियो ।

तर, छोरीको एउटा म्यासेजपछि भने सबै कुरा परिवर्तन भयो । ‘यदि तपाईंलाई म बाधक जस्तो लग्छ भने मेरोबारे धेरै चिन्ता नगर्नुहोला । मात्र तपाईंको खुसीको बारेमा सोच्नुहोला,’ छोरीले आमालाई एक दिन टेक्स्ट म्यासेज पठाएकी थिइन् । यसले उनलाई मनको कुरा सुन्ने आँट दियो । त्यसपछि उनीहरू एक अर्कालाई डेट गर्न थाले ।

इसामुको परिवारलाई उनको सम्बन्धबारे कुनै आपत्ति थिएन र मिडोरीको परिवार भने यसको विपक्षमा थिए । तर, ३२ वर्षका इसामुले आफ्नो ५३ वर्षीया प्रेमिकाका लागि २ लाख ५५ हजार डलरको घर किनेर आफ्नो प्रतिबद्धता स्पष्ट पारे ।

त्यसपछि दुवै परिवारको समर्थनमा उनीहरूले गत जुलाईमा विवाह गरे । उनीहरूको प्रेम कथा भने यो महिना मात्र भाइरल बनेको हो । धेरैले यसलाई साँचो प्रेम भनेर प्रशंसा गरिरहेका छन् ।

अडिटी सेन्ट्रल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप