सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

रसिक र सापकोटालाई ‘परशु–कल्पना स्रष्टा’ सम्मान

सोमबार, १९ फागुन २०८१, १४ : ३३
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रूपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा हालै बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो ।

दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १ सय १ नगद राशिसहित सम्मान प्रदान गरिनेछ । 

नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा  विशिष्ट योगदान पुर्‍याएकालाई यो सम्मान अर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले बताए ।  रोदनका अनुसार सम्मान आगामी चैत ५ गते काठमाडौँमा एक कार्यक्रम सहित प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप