सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘संगीत र साहित्यमा संगत एकदमै आवश्यक’

सोमबार, १९ फागुन २०८१, १४ : २८
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । नयाँ गीतसंगीत राम्रो बनाउन पुरानो जानकारी हुनुपर्ने पछिल्लो समय कुरा उठ्दै आएको छ । कतिपय भने पुरानाको जानकारी बिना पनि नयाँ राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्छन् । 

गीतसंगीत राम्रो बन्न पुरानोको ज्ञान हुनपर्ने स्विकार्छन् गीतसंगीतकर्मी । पोखरा आयोजित एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘संगीत, साहित्य र संगत’ शिर्षकमा आफ्नो धारणा राख्ने क्रममा गीतकार श्रमण मुकारुङ, गीतकार हर्क साउद र गायिका अभया सुब्बाले गीतुंगीतमा संगत महत्त्वपूर्ण हुनेमा जोड दिए ।

गीतकार श्रवण मुकारुङ पुरानाको ज्ञान नभइ नयाँ नबन्नृ बताउँछन् । ‘पुरानाहरूलाई थाहा पाएपछि मात्रै नयाँ गर्न सक्ने हो । अहिलेको नयाँहरूको समस्या के हो भन्दा खेरि उ नयाँ हुन खोजिरहेको छ’, उनले भने,‘उ भ्रममा पनि छ । नयाँ हुनका लागि पुरानाको ज्ञान आवश्यक हुन्छ ।’

गीतकार साउदले संगीत र साहित्यमा संगत एकदमै आवश्यक रहेको बताए । ‘गीत बन्नका लागि होस् या साहित्य बन्नका लागि संगत एकदमै जरुरी छ’, उनले थपे,‘संगत नभएको भए सायद म हजुरहरूको अगाडि हुने थिएन ।’

गीत संगीतमा पुराना कुराहरूलाई आदर गर्नु आवश्यक रहेको गायिका अभया बताउँछिन् । ‘बिचमा बसेर आफ्नो पुरानो चिज के छ त्यसलाई पनि आदर गर्नुपर्ने एकदमै आवश्यक छ’, उनी थप्छिन्,‘जसले पहिलाका कुराहरु सुन्या छ । त्यसलाई आदर गरेको छ । उहाँहरू चाहिँ रहिरहने रैछ ।’

संगीतमा जति सहकार्य गर्‍यो, त्यति नै सुन्दर हुने मुकारुङ दोहोर्‍याउन । उनले थपे,‘सहकार्यबाट निर्माण हुने हो नी सिर्जना । जति सहकार्य ग¥यो । त्यति त्यो सुन्दर हुने हो ।’ 

‘गीत संगीतमा लाग्दा रेडियो नेपाल मात्रै थियो । त्यहाँ गीत रेकर्ड गर्न कम्तीमा ६ महिना कुर्नुपथ्र्याे । त्यो समयमा संगीतकार, गीतकार, गायक गायिकासँगै बसेर काम गर्थे । गीत रेकर्डका समयमा पनि सँगै रहन्थे । त्यसले सिर्जनालाई परिस्कृत गराउने अवसर मिल्थ्यो’, मुकारुङले भने,‘त्यहाँ गीत रेकर्ड गर्न कम्तीमा ६ महिना कुर्नेपथ्र्याे । त्यो महिना हामी सर्जकका लागि काफी समय थियो । संगीतकार, गीतकार, गायक गायिकाबिच बसेर काम गर्ने ।’ अहिले आफूले लेखेका गीत कसले गाउँछ, कसले संगीत गर्छ थाहा नपाउने उनको धारणा थियो ।

‘मैरै जीवनमा मैले के भोग्न थाले भने बजारमा गीत आइसकेको हुन्छ । ए यो त मैले लेखेको गीत हो । फल्नाले गाएछ । फल्नाले संगीत भरेछ’ उनी अगाडि थप्छन्  ।

कन्दरा ब्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा गीतकार हर्क साउदले सृष्टिको हरेक वस्तुसँग हाम्रो संगत नजिक हुनुपर्ने धारणा राख्छन् ।  ‘हाम्रो संगीत मान्छेसँग मात्रै होइन । प्रकृति, वस्तु, गाई, बाटो, माटो, सृष्टिको हरेक वस्तुस नजिक हुनुपर्छ’, उनी अगाडि थप्छन् ‘त्यसैलाई नै हामीले गीत बनाइदिन्छौं ।’ 

विगतका कुरालाई सम्मान गर्ने मानिस लामो समयसम्म चल्ने अभयाले बताइन् । ‘जसले नयाँ नयाँ सिकेको छ । अहिले सिक्यो अहिले गर्छ । उहाँ  भाइरल हुन्छ । एक हप्ता हुन्छ, दुई हप्ता हुन्छ’, उनी भनिन्छन्,‘मै हुँ मै हुँ भन्ने पनि हुन्छ । जसले पास्टलाई धेरै रेक्पेक्ट गर्छ । उहाँहरू चाहिँ लामो समयसम्म बस्छन् ।’  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप