आफ्नो रगत दिएर २४ लाख बालकलाई बचाउने अष्ट्रेलियाली वृद्धको निधन

सिड्नी । विश्वका सबैभन्दा चर्चित ब्लड डोनर मध्ये एक हुन् जेम्स ह्यारिसन । ८८ वर्षको उमेरमा ह्यारिसनको निधन भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्समा एक नर्सिङ होममा सुतिरहेको समयमा ह्यारिसनको फेब्रुअरी १७ मा मृत्यु भएको उनको परिवारले सोमबार भनेको हो ।
उनले रक्तदान गरेर २४ लाखभन्दा धेरै बालबालिकाको ज्यान बचाएका थिए । अस्ट्रेलियामा ह्यारिसन सुनौलो हात भएको पुरुष भनेर चिनिन्छन् ।
उनको रगतमा दुर्लभ एन्टिबडी एन्टी डी थियो । यसलाई आमाको गर्भमै रहँदा रगतमा सङ्क्रमणको जोखिम उच्च भएका बच्चाको आमालाई औषधि बनाउन प्रयोग गरिन्थ्यो । १४ वर्षको उमेरमा छातीको ठुलो शल्यक्रिया गरियो ।
शल्यक्रियाको क्रममा उनको रगतमा एक दुर्लभ एन्टिबडी भएको पत्ता लाग्यो । त्यसपछि ह्यारिसनले ब्लड डोनर बन्ने कसम खाए । बीबीसीको रिपोर्ट अनुसार उनले १८ वर्षको उमेरदेखि रक्त प्लाज्मा दान गर्न थालेका थिए । ८१ वर्षको उमेरसम्म हरेक दुई हप्तामा उनले रक्तदान गरिरहे ।
२००५ मा उनले सबैभन्दा धेरै रक्तदान गर्ने कीर्तिमान बनाएका थिए । तर २०२२ को जुनमा उनको यो रेकर्ड एक अमेरिकी पुरुषले तोडे । जीवनभर आफ्नो पिताले लाखौँ शिशुको जीवन बचाएको र उनी यसमा सधैँ खुसी रहेको ह्यारिसनकी छोरी ट्रेसी मेलोशिपले भनिन् । ह्यारिसनकी छोरी मेलोशिपलाई पनि एन्टी–डी औषधि दिइएको थियो । ह्यारिसनका दुई नाति नातिनाहरूलाई पनि एन्टी–डी औषधिले बचाइएको थियो ।
के हो एन्टी–डी ?
एन्टी–डी सप्लिमेन्टहरूले नवजात शिशुहरूलाई हेमोलाइटिक रोगबाट जोगाउँछ । यो एक घातक रक्त विकार हो, जुन भौंराको लागि अत्यन्तै खतरनाक हुन्छ । गर्भमा आमाको रगतमा रहेको रातो रक्त कोषहरू बढ्दै गइरहेको भ्रूणको रक्त कोषहरूसँग मेल नखाएपछि बालकमा यो रोग लाग्छ ।
यस्तोमा आमाको प्रतिरक्षा प्रणालीले भ्रूणको रातो रक्त कोशिकाहरूलाई खतराको रूपमा हेर्छ र यिनीहरूलाई आक्रमण गर्न एन्टिबडी छोड्न थाल्छ । यो एन्टिबडी भ्रूणको लागि अत्यन्तै खतरनाक साबित हुनसक्छ । यसका कारण गर्भमा रहेको बच्चामा रक्तअल्पता, हर्ट फेलियरजस्ता ठुला समस्याहरू निम्त्याउन सक्छ र मृत्यु समेत हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कस्तो फल ?