१६ पत्नी, १०४ सन्तान र १४४ नातिनातिना भएका यी अफ्रिकी पुरुष

तान्जानिया । आजभोलि मानिसहरू विवाह गरेर आफ्नो परिवार सुरु गर्नका लागि १० पटक सोच्ने गर्छन् । परिवारमा एक जना सदस्य मात्र थपिँदा उनीहरू ठुलो दबाब महसुस गर्छन् ।
तर, तान्जानियाको एउटा सानो गाउँका एम्जी अर्नेस्टो मुइनुची कापिङ्गाको कथा भने फरक छ । उनका १६ जना पत्नीबाट १०० भन्दा बढी सन्तान छन् भने १ सय ४४ जना नातिनातिनाहरू रहेका छन् ।
नागोम्बे नामक सानो गाउँका बासिन्दा रहेका कापिङ्गाको घर नै गाउँजस्तो देखिन्छ । उनले आफ्नो हरेक पत्नीका लागि एउटा घर बनाइदिएका छन् । जहाँ उनीहरू दैनिक काम गर्न व्यस्त देखिन्छन् भने बालबालिकाहरू खेल्नका लागि कुदिरहेको देख्न सकिन्छ ।
हालै अफ्रिम्याक्सलाई दिएको एक अन्तर्वार्तामा कापिङ्गाले आफ्नो पिताको आग्रहमा परिवार ‘फैलाउन’ सुरु गरेको खुलाए । उनले सन् १९६१ मा पहिलो विवाह गरेका थिए । एक वर्षपछि उनको पहिलो सन्तान भयो ।
तर, उनको पिताले एउटा पत्नी मात्र पर्याप्त नभएको बताए । उनले थप विवाह गरेर अझै धेरै सन्तान जन्माए मात्र सम्पत्ति दिने घोषणा गरे ।
‘हाम्रो परिवार सानो छ । म चाहन्छु तिमी यसलाई बढाऊ,’ उनको पिताले कथित रूपमा भनेका थिए । कापिङ्गाले पनि यो ‘मिसन’ लाई स्वीकार गरे ।
सुरुमा पाँचवटा विवाह गरेका कापिङ्गा त्यसपछि रोकिएनन् । एक समय उनका २० वटा श्रीमती थिए । तर, केहीले उनलाई छाडेपछि अहिले उनीसँग १६ जना पत्नी रहेका छन् ।
यता, कापिङ्गाका पत्नी भने उनी राम्रो पति भएको बताउँछन् । उनको राम्रो व्यवहारका कारण केहीले आफ्नी बहिनीलाई समेत कापिङ्गासँग विवाह गर्न गराएका छन् । हालसम्म सात जना दिदीबहिनीले उनीसँग विवाह गरेका छन् । यसका बाबजुद एक अर्कामा ईर्ष्या नभएको र सबैजना मिलेर बस्ने गरेको उनीहरूको भनाई छ ।
‘यहाँ सबैको आ–आफ्नो भूमिका छ,’ कापिङ्गा भन्छन्, ‘हरेक पत्नीको आफ्नै घर र भान्सा छ । कसैको कसैसँग प्रतिस्पर्धा छैन । सबैलाई आफ्नो स्थान थाहा छ । हामीसँगै कृषिकर्म गर्छौँ, सँगै खान्छौँ र सँगै काम गर्छौँ । यो घर मात्र नभएर एउटा व्यवस्था हो ।’
अनि एक जनाले कसरी यत्रो ठुलो परिवारको हेरचार गर्छ ? उनी भन्छन्, ‘सबैले आ–आफ्नो लागि काम गर्छन् । खेती किसानी गरेर त्यसलाई बेचेर आम्दानी हुन्छ ।’
‘धेरैलाई मैले सबै कुरा नियन्त्रण गर्छु भन्ने लाग्छ होला,’ उनले भने, ‘तर, यहाँका महिलाले परिवारलाई जोडेर राखेका छन् । म उनीहरूलाई बाटो मात्र देखाउँछु ।’
यत्रो ठुलो परिवार भएपछि सबैको नाम याद राख्न भने कापिङ्गालाई कठिन छ । उनलाई आफ्नो परिवारका ५० जनाको नाम मात्र याद छ । अरूको भने अनुहार याद रहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा