सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

सप्तरीमा ८० बोरा गाँजा बरामद

सोमबार, १९ फागुन २०८१, १३ : ४६
सोमबार, १९ फागुन २०८१

सप्तरी । सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ ।  जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरिएको प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए ।  उनका अनुसार अहिले गोदाममा खोजविन चलिरहेको छ । 

गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ । कसको गोदाम हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनायो । 

गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको प्रहरी प्रमुख खतिवडाले बताए । सीडीओ भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्तरूपमा गोदाममा  छापा मारेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप