मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

एट्टो ३ को १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी गर्दै बीवाईडी हाई–टेक विक सम्पन्न

सोमबार, १९ फागुन २०८१, १३ : ४५
सोमबार, १९ फागुन २०८१

काठमाडौँ ।  बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले सफलतापूर्वक बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ । चीन बाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो । 

बीवाईडी हाई–टेक विकको एक महत्त्वपूर्ण क्षणको रूपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रूपमा रहेको १० लाख १० हजारौँ बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो । 

यो महत्त्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । 

इभेन्ट समापनको अवसरमा बोल्दै साइमेक्स इंक प्रा.लि. की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले भनिन्, ‘चीन बाहिर पहिलो पटक आयोजना गरिएको बीवाईडी हाई–टेक विक अभूतपूर्व रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । अवलोकनकर्ताहरूबाट उत्साहजनक रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ र हामी विश्वव्यापी रूपमा भइरहेको ईभी रूपान्तरणमा नेपालको भूमिकाका कारण सम्मानित भएका छौ । १० लाख १० हजारौँ बीवाईडी एट्टो ३ को माइलस्टोन डेलिभरी र स्पेसल वारेन्टी अफरको विस्तारले इलेक्ट्रिक मोबिलिटीलाई सबैका लागि अझै पहुँचयोग्य र दिगो बनाउने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप