‘कर्मा’ मा विपिनको भूमिका के ?

काठमाडौँ । विपिन कार्की फिल्म क्षेत्रमा भर्साइटल अभिनेताको रूपमा परिचित छन् । हरेक फिल्ममा फरक फरक चरित्रमा देखिनु उनको विशेषता हो । उनी रियलमा जो हुन्, रिलमा त्यो कमै देखिन्छन् ।
फिल्ममा फरक फरक भूमिका गर्दै आएका विपिन अब भने एक्सनमा देखिने भएका छन् । उनी फिल्म ‘कर्मा’ मा एक्सन अवतारमा देखिन लागेका हुन् । फिल्मको यस अगाडि सार्वजनिक पोस्टरले पनि त्यो झलक दिएको थियो ।
फिल्ममा विपिनको भरपुर एक्सन रहेको निर्देशक सौरभ चौधरी बताउँछन् । ‘विपिनको अभिनय देखेर यो पटक दर्शक छक्क पर्नेछन्’, चौधरीले भने । फिल्मको भूमिका विषयमा विपिनले भने अहिलेसम्म मुख खोलेका छैनन् ।
‘कर्मा’को छायाङ्कन दाङ र काठमाडौँमा गरिएको हो । आगामी चैत २९ मा रिलिज हुने फिल्ममा विपिनसँगै उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ ।
फिल्ममा अभिनेता मुकुन नेगेटिभ क्यारेक्टरमा देखिँदैछन् । मुकुन पनि पहिलोपटक नेगेटिभ क्यारेक्टरमा देखिन लागेका हुन् । एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना