लेनदेनको विषयमा हत्या गरी फरार युवक पक्राउ
सोमबार, १९ फागुन २०८१, १३ : १०

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २९ वर्षीय विराट ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौँ महानगरपालिका-६ सरस्वतीनगर बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएका ५० वर्षीय अडविर राईलाई लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरेको घटनामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ