सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले मोरङ अधिवेशन, मतदाताको नाम सार्वजनिक

सोमबार, १९ फागुन २०८१, १२ : ५८
सोमबार, १९ फागुन २०८१

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत ९११ जना मतदाताको नामवली प्रकाशित भएको छ । आज बिहान ८ बजे नै मतदाता नामावली सार्वजनिक गर्ने भनिएको थियो । यद्यपि ढिलो गरी नामावली सार्वजनिक भएको हो ।

मनोनित ४६ जना मतदाताको विषयमा विरोध भएपछि नामावली प्रकाशनमा ढिलो भएको हो ।  जसमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् ।

एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । मतदाता नामावली प्रकाशित भएसँगै अब निर्वाचन प्रक्रिया अगाडि बढ्ने विश्वास छ ।

एमाले मोरङको अध्यक्षमा अजम्बर राई र राजकुमार ओझाको प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्ष आ–आफ्नो ढंगले निर्वाचन प्रचारमा जुटिसकेका छन् ।

अध्यक्षका आकांक्षी राईलाई नेता विनोद ढकाल पक्षले सहयोग गरेको छ भने ओझालाई पार्टीको संस्थापन पक्षले सहयोग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप